समाज


मापदण्ड भन्दा बढी धूँवा फाल्ने २२ वटा सवारी साधन कारबाहीमा

मापदण्ड भन्दा बढी धूँवा फाल्ने २२ वटा सवारी साधन कारबाहीमा

नेपालखबर
पुस १८, २०७९ सोमबार २०:३६, काठमाडौँ

काठमाडौंको नक्सालमा सोमबार गरिएको विशेष चेकिङका क्रममा मापदण्ड भन्दा बढी धुवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ। 

मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे सवारी साधनका चालक कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

वातावरण विभाग बबरमहल तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार दिउँसो नक्सालमा ४२ वटा सवारी साधनलाई चेक गर्दा २२ वटा कारबाहीमा परेको प्रवक्ता भट्टले बताए।

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad