राजनीति


एकीकृत समाजवादी र जनता समाजवादीबीच एकता हुन सक्ने

एकताका लागि छलफल गर्दै दुई दलका नेता
एकीकृत समाजवादी र जनता समाजवादीबीच एकता हुन सक्ने

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०७९ सोमबार १७:४५, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबीच एकताका लागि छलफल अघि बढेको छ।

एकीकृत समाजवादीको सोमबारदेखि काठमाडौंमा सुरु बैठकको पहिलो दिनको अन्त्यमा पत्रकारहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यसबारे जानकारी दिएका हुन्।

पत्रकारहरुले जनता समाजवादीसँग एकता वार्ता अघि बढेको हो भनेर राखेको जिज्ञासामा खतिवडाले आफूहरु अहिले छलफलमा रहेको खुलाए।

'हो, हामी छलफलमा छौँ', उनले भने, 'दुई दलबीच एकता हुन सक्छ, तपाईंहरुले सुनेको कुरा सही हो।'

पछिल्लो समय एकीकृत समाजवादी र नेकपा एमालेबीच एकताको चर्चा थियो। तर दुई समाजवादीबीच एकताकै लागि संवाद भएको हो।

केही दिनअघि जनता समाजवादी पार्टीका प्रवक्ता मनीष सुमनले पनि दुई समाजवादीबीच एकता भए आश्चर्य नहुने बताएका थिए। 

तत्कालै सरकारमा जाने सम्भावना पनि नरहेपछि समाजवादीले अब पार्टी संगठन बलियो बनाउने योजना अघि ल्याएको छ। 'बैठकमा धेरै साथीहरुले अबको पाँच वर्ष पार्टी संगठन बलियो बनाउन लागौँ भन्नु भएको छ', खतिवडाले भने, 'अब तत्कालै वाम एकता पनि सम्भव नरहेकाले संगठन मजबुत बनाउन जुट्छौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad