ad ad

राजनीति


अहिले सरकारमा जान्नँ, सम्पूर्ण ध्यान पार्टी बलियो बनाउनेमा हुन्छ : वर्षमान पुन

अहिले सरकारमा जान्नँ, सम्पूर्ण ध्यान पार्टी बलियो बनाउनेमा हुन्छ : वर्षमान पुन

तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
पुस १७, २०७९ आइतबार १०:५२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुन ‘अनन्त’ले आफू सरकारमा सहभागी नुहने बताएका छन्। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका नेता पुनले युवा नेताहरुसँगको छलफलका क्रममा सो कुरा बताएका हुन्।

‘म सरकारमा जान्नँ, अहिले मन्त्री बन्ने बेला होइन’ उनले भने, ‘अहिले मेरो सम्पूर्ण ध्यान पार्टी बलियो बनाउने र यसलाई पुनर्जीवित गर्ने नै हुन्छ।’

पार्टीका युवा नेताहरूलाई सरकारमा पठाएर आफूहरू पार्टी निर्माण र सरकारलाई सफल पार्ने अभियानमा जुट्ने उनले बताए।

नयाँ सरकार गठनसँगै जनता र पार्टीमा उत्साह छाएको बताउँदै नेता पुनले जनताको अपेक्षाअनुरूप सरकारलाई सफल पार्न र पार्टीलाई पुनर्जीवित गर्नुपर्ने जिम्मेवारी आएको बताए।

‘हामीले जनताका अपेक्षा पूरा गर्ने संकल्प लिएका छौं,’ उनले भने, ‘यसका लागि सिँगो पार्टी पंक्ति सरकारलाई सफल पार्न अघि बढछ।’

आफू अहिले सरकारमा नजाने बताउँदै नेता पुनले पार्टीका युवा सांसदहरूलाई सरकारमा पठाएर दोस्रो पुस्ताका नेताहरू पार्टी निर्माणमा जुटने समेत उल्लेख गरे। 

माओवादी पार्टीले नै नेपाली जनताको मुक्ति र रूपान्तरणका मुद्दाहरूका लागि लामो संघर्ष गरेको बताउँदै नेता पुनले इतिहासले सुम्पेको जिम्मेवारी पुरा नगर्दासम्म व्यक्तिगत चाहना र स्वार्थलाई तिलाञ्जली दिनुपर्नेमा जोड दिए। ‘एउटा जटिल चुनौतीबीच अध्यक्ष कमेडको नेतृत्वमा सरकार बनेको छ,’ उनको भनाइ छ, ‘यो बेला एकातिर जनतामा राजनीतिक दल र प्रणालीप्रति देखिएको निराशा हटाउनुपर्ने छ भने अर्कोतर्फ पार्टीलाई समेत बलियो बनाउनुपर्ने छ।’

यसका लागि पार्टीलाई एकढिक्का बनाएर लैजाने, पार्टी र संगठनलाई जनस्तरमा विकास गर्ने, जनता र पार्टीको सम्बन्धलाई जीवन्त बनाउने तथा समृद्धि र सुशासनका लागि सरकारले चालेको अभियान सफल पार्न सिँगो पार्टी अघि बढने उनले बताए।

नेपाली जनताका कैयन अपेक्षाहरू पूरा गर्न सरकारले सुरुको दिनदेखि नै उल्लेख्य र सकारात्मक सन्देश दिने काम गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .