ad ad

कला


आत्महत्या गरेकी तुनिशाको गीत हेरेर भावुक भए फ्यान

आत्महत्या गरेकी तुनिशाको गीत हेरेर भावुक भए फ्यान

फाइल तस्बिर : टीभी अभिनेत्री तुनिशा शर्मा


नेपालखबर
पुस १७, २०७९ आइतबार १०:५७, काठमाडौँ

टीभी अभिनेत्री तुनिशा शर्माले २० वर्षको उमेरमा आत्महत्या गरिन्। डिसेम्बर २४ का दिन टीभी शोकै सेटमा झुन्डिएर उनले आत्महत्या गरेको खबरले सिंगो टीभी उद्योग हल्लाएको छ। यस प्रकरणबारे हरेक दिन नयाँ-नयाँ जानकारी बाहिर आइरहेका बेला तुनिशाको मृत्युले फ्यानहरु भने स्तब्ध भएका छन्।

यसैबीच सामाजिक सञ्जालमा उनको पुरानो भिडिओ सार्वजनिक भएको छ, जसमा उनी गीत गाइरहेकी छन्। धेरै सहकर्मीले उनलाई हँसिलो र जीवन्त केटी भनेर वर्णन गरेका छन्। 

उनी फुर्सदको समयमा प्रायः फ्यानहरूका लागि सामाजिक सञ्जालमा गायन र नृत्यको रिल्स सेयर गर्थिन्। यो भिडिओ सार्वजनिक हुनासाथ उनका फ्यानहरु निकै भावुक भएका छन्। एक प्रयोगकर्ताले कमेन्टमा हार्ट इमोजी र भावुक इमोजी सेयर गरेका छन् भने अर्काले उनको गायनको तारिफ गरेका छन्। 

यस्तो छ, उनले गाएको गीत– यहाँ क्लिक गर्नुहोला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .