ad ad

कारोबार


२०० अर्ब डलर गुमाउने पहिलो व्यक्ति बने इलोन मस्क

२०० अर्ब डलर गुमाउने पहिलो व्यक्ति बने इलोन मस्क

नेपालखबर
पुस १६, २०७९ शनिबार १५:२८, काठमाडौँ

२ सय अर्ब डलर सम्पत्ति जोड्ने दोस्रो व्यक्ति थिए इलोन मस्क। अमेजन डटकमका प्रमुख जेफ बेजोसपछि जनवरी २०२१ मा मस्कले २ सय अर्ब डलरको सीमा पार गरेका थिए। नोभेम्बर २०२१ मा त उनको सम्पत्ति ३४० अर्ब डलरसम्म पुगेको थियो। 

तर, अहिले टेस्लाका यी कार्यकारी प्रमुख इतिहासमै आफ्नो सम्पत्तिबाट २ सय अर्ब डलर गुमाउने एक मात्र व्यक्ति बन्न पुगेका छन्।

मंगलबार टेस्लाको सेयरमा थप ११ प्रतिशत गिरावट आएपछि ५१ वर्षीय मस्कको सम्पत्ति अहिले १३७ अर्ब डलरमा झरेको ब्लुमबर्गले जनाएको छ।

डिसेम्बरमा फ्रान्सेली विलासी वस्तु उत्पादक बर्नाड आर्नो मस्कलाई उछिन्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।

मस्कको सम्पत्ति महामारीको समयमा सबैभन्दा धेरै आकासिएको थियो। त्यतिबेला टेस्लाको बजार पुँजी बढेर १ ट्रिलियन डलर नाघेको थियो। र, १ ट्रिलियनभन्दा ज्यादा पुँजी भएका एप्पल, माइक्रोसफ्ट, अमेजन तथा अल्फाबेटजस्ता कम्पनीसँगै दरिन पुगेको थियो।

तर, अहिले विद्युतीय कार निर्माणमा अन्य कम्पनीहरुले टक्कर दिन थालेपछि टेस्लाको एकाधिकार टुट्न थालेको छ। 

टेस्लाले कठिन संघर्ष गरिरहँदा मस्क भने ट्विटरमा भुलेका छन्। जसलाई उनले गत अक्टोबरमा ४४ अर्ब डलरमा किनेका थिए।

हाल मस्कको सबैभन्दा धेरै सेयर स्पेसएक्समा छ। सो कम्पनीमा ४४.८ अर्ब डलर र टेस्लामा ४४ अर्ब डलरको सेयर उनको नाममा छ। ब्लुमबर्ग


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .