ad ad

राजनीति


यादव भन्छन् : सरकारमा गएर राजपाले जानीजानी आत्मघाती कदम नउठाउला

यादव भन्छन् : सरकारमा गएर राजपाले जानीजानी आत्मघाती कदम नउठाउला

नेपालखबर
पुस ९, २०७६ बुधबार ९:१८,

मंगलबार सरकारबाट बाहिरिएर बुधबार समर्थन फिर्ता लिएको समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको एकता उसले लिने रणनीतिमा भर पर्ने बताएका छन्।

सरकारलाई समर्थन फिर्ता लिएको जानकारी दिन सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा बोल्दै समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राजपा सकारात्मक रुपमा अघि बढे एकता हुने बताए।

‘उहाँहरुले उठाउनुभएको संविधान संशोधनको मुद्दा कार्यान्वयन गर्न केपी ओली नेतृत्वको सरकार तयार भएन, त्यसैले हामीले सरकार छाड्यौं, अब उहाँहरुको माग बमोजिम हामीले सरकार छाडेको छौं, एकताको लागि कुरा हुन्छ,’ यादवले भने ।

ओली सरकारमा सहभागिताको विषयमा राजपाले आत्मघाती निर्णय नगर्ने यादवले विश्वास लिए। राजपाले जानी जानी आत्मघाती कदम उठाउँदैनहोला,’ उनले थपे, ‘जुन एजेण्डा कार्यान्वयन गर्न नसकेर हामीले सरकार छोड्दै र सरकारलाई दिएको समर्थन फिर्ता लियौं, उहाँहरु पनि आफैले उठाएको माग पूरा नहुने ठाउँमा जानुहोला जस्तो लाग्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .