चितवनको कालिका नगरपालिका पदमपुर क्षेत्रमा उत्पाददित ‘मालभोग’ केरामा अत्यधिक विषादी पाइएको छ।
भरतपुरको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा मंगलबार भएको परीक्षणमा उपभोग्य स्तरभन्दा धेरै माथिको विषादी भेटिएको भरतपुर महानगरपालिकाका उपसचिव प्रदुम्न उपाध्यायले बताएका छन्। उनका अनुसार केरामा किसानले नै अत्यधिक विषादी हालेका हुन्।
यसरी भेटिएका करिब दुई सय घरी केरालाई तत्काल नष्ट गर्नका लागि तरकारी बजार कृषि प्रवर्द्धन विकास प्रालिको समितिलाई जिम्मा लगाइएको पनि उनले जानकारी दिएका छन्।
— pradyumna upadhyay (@Pradyumna7) December 25, 2019भरतपुरको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा हिजो पौष ८ गते भएको परीक्षणमा उपभोग्य स्तरभन्दा धेरै माथिको विषादी केरामा किसानले हालेको देखिएको छ। यसरी भेटिएका सबै केरालाई तत्काल नष्ट गर्नका लागि तरकारी बजार कृषि प्रवर्द्धन विकास प्रा. लि. को समितिलाई जिम्मा लगाइएको छ। pic.twitter.com/Bysybd6drz
प्रतिक्रिया