ad ad

समाज


एक सय २२ चिनियाँका साथमा सात सय ४७ मोबाइल र तीन सय ३१ ल्यापटप

एक सय २२ चिनियाँका साथमा सात सय ४७ मोबाइल र तीन सय ३१ ल्यापटप

नेपालखबर
पुस ९, २०७६ बुधबार ९:२४,

शंकास्पद गतिविधिका गरिरहेको आशंकामा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकबाट प्रहरीले सात सय ४७ मोबाइल र तीन सय ३१ ल्यापटप बरामद गरेको जनाकारी दिएको छ।

बुधबार पत्रकार सम्मेलन गर्दै प्रहरीले अत्याधिक मात्रामा मोबाइल, ल्यापटप, कम्प्युटर लगायता सामग्री बरामद गरेको जनाएको हो।

त्यस्तै उनीहरु बसेको कोठाबाट प्रहरीले ९८ थान सीपीयु, ९९ मोनिटर, २२ पेनड्राइभ डाइभ र ३२७ सीमकार्ड बरामद गरेको जनाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार बालाजु, महाराजगञ्ज र बुढानीलकण्ठ लगायतका स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतका वृत्तहरुमा रहेका हिरासत कक्षमा राखेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .