राजनीति


सरकारमा सहभागी हुने राप्रपाको निर्णय

सरकारमा सहभागी हुने राप्रपाको निर्णय

नेपालखबर
पुस १३, २०७९ बुधबार १९:३९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ। 

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सशर्त रुपमा सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेस्ठले जानकारी दिए।

‘सरकारलाई समर्थन गरेका राजनीतिक दलकाबीच न्यूनतम साझा कार्यक्रम तय गरेर सहमति भएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय’ भएको उनले बताए।

हाल राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको छ। तर, सरकारमा सहभागी भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad