राजनीति


एमाले कर्णाली संसदीय दलको नेतामा यामलाल

एमाले कर्णाली संसदीय दलको नेतामा यामलाल

नेपालखबर
पुस १३, २०७९ बुधबार १४:३९, सुर्खेत

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको नेतमा यामलाल कँडेल सर्वसम्मत चयन भएका छन्। बुधबार बसेको नेकपा एमाले कर्णाली प्रदेशको बैठकले कँडेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।

कँडेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए। कँडेल २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा निर्वाचित भएका थिए। 

कँडेल नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज समेत हुन्।

अघिल्लो पटक कर्णाली प्रदेशको मुख्यमन्त्री हुनका लागि विभिन्न रणनीति खेलेपनि मुख्यमन्त्री हुन असफल भएका थिए। पुनः मुख्यमन्त्रीका लागि यसपटक कँडेल प्रदेश सभामा दोहोरिएका हुन्। 

केन्द्रमा अचानक भएको राजनीतिक समीकरणले कर्णालीमा तेस्रो दलका रुपमा रहेको एमालेलाई सरकारमा जाने मौका मिलेको छ। 

यता, माओवादीले पनि रुकुमपश्चिमका राजकुमार शर्मालाई मंगलबार र बुधबार बसेको बैठकलृे दलको नेतामा सर्वसम्मत चयन गरेको। 

अब केन्द्रमा जस्तै कर्णालीमा एमाले/माओवादीबीच पहिला कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा रस्साकस्सी सुरु भएको छ। 

यस्तै, एमाले संसदीय दलको नेतामा एमाले कर्णाली प्रदेश अध्यक्ष तथा दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (२) बाट निर्वाचित सांसद विनोदकुमार शाहको पनि दाबी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad