राजनीति


२ हजार सुरक्षाकर्मी फिर्ता गराउँदा डेढ अर्ब बचाउन सकिने रहेछ- रास्वपा सहमहामन्त्री

२ हजार सुरक्षाकर्मी फिर्ता गराउँदा डेढ अर्ब बचाउन सकिने रहेछ- रास्वपा सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी।


नेपालखबर
पुस १३, २०७९ बुधबार ७:३२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले व्यक्तिगत सरुवा बढुवा छाडेर नागरिकको अपेक्षा अनुसार काम गर्नेतर्फ आफूहरु उन्मुख भएको बताएका छन्। मंगलबार नियम विपरित निजी रुपमा राखिएका करिब २ हजार सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिइएको उनले जानकारी गराएका छन्। 

सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै बुर्लाकोटीले चुस्त दुरुस्त प्रशासन मिलाउँदा करिब २ हजार सुरक्षाकर्मी जगेडा आउने विज्ञहरुको राय पाइएको पनि बताएका छन्। 

‘नियम विपरित निजी रुपमा राखिएका करिव २ हजार सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन भएको छ,’ उनले भनेका छन्, ‘त्यस्तै चुस्त दुरुस्त प्रशासन मिलाउने हो भने अरु करिव २ हजार सुरक्षाकर्मी जगेडा आउने विज्ञहरुको राय छ।

यसरी २ हजार सुरक्षाकर्मीबाट वार्षिक करिब २ अर्ब रकम बचाउन सकिने उनले उल्लेख गरेका छन्। ‘२ हजार सुरक्षाकर्मीको औसत ३० हजार तलव १३ महिनाको करिब ७८ करोड र अरु २ हजार जगेडाको गरी करिब डेढ अर्ब रकम बचाउन सकिन्छ,’ उनले भनेका छन्, ‘यस्तै अरु क्षेत्रमा बचाएर काम गर्ने हो भने एउटा निर्वाचनका लागि गर्न पुग्ने रकम एक वर्षको ढुकुटीमा बचाउन सकिने रहेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad