ad ad

राजनीति


प्रदेश १ मा प्रदेशसभाको पहिलो अधिवेशन पुस १७ गतेका लागि आह्वान

प्रदेश १ मा प्रदेशसभाको पहिलो अधिवेशन पुस १७ गतेका लागि आह्वान

फाइल।


नेपालखबर
पुस १२, २०७९ मंगलबार १३:४२, काठमाडौँ

प्रदेश १ प्रदेशसभाको प्रथम अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान गरिएको छ।

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश सभाको प्रथम अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान गरेका हुन्।

प्रदेश १ सरकार मन्त्रिपरिषद्को हिजो बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन यही पुस १७ गते आइतबार अपरान्ह ०१ः०० बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। 

प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

सोही बमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्ले अधिवेशन आह्वान गर्न नेपालको संविधानको धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुपर्ने सबैधानिक ब्यवस्था छ। बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

सोमबार प्रदेश १ का नवनिर्वाचित सांसदहरूले पद तथा गोपनियताको शपथ लिएका थिए। प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले प्रदेश सांसदहरूलाई शपथ ग्रहण गराएका हुन्।

९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ जना सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .