राजनीति


प्रचण्डलाई बधाई दिँदै अमेरिकी दूतावासले भन्यो– सहयोग गर्न सधैं तत्पर छौं

प्रचण्डलाई बधाई दिँदै अमेरिकी दूतावासले भन्यो– सहयोग गर्न सधैं तत्पर छौं

फाइल।


नेपालखबर
पुस १२, २०७९ मंगलबार १३:५५, काठमाडौँ

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ। नेपालस्थित अमेरिकी दूतावासले बधाई दिँदै नेपालसँगको सम्बन्ध बलियो र चिरस्थायी रहेकोमा आफूहरुलाई गर्व रहेको पनि बताइएको छ। 

साथै, नेपाललाई सहयोग गर्न अमेरिका तयार रहेको पनि बधाई नोटमा उल्लेख गरिएको छ। नेकपा एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। 

‘नेपाल – नेपालको सङ्घीय निर्वाचनमा विजय हासिल गरेकामा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँको गठबन्धनलाई संयुक्त राज्य अमेरिका बधाई ज्ञापन गर्दछ,’ अमेरिकी दूतावासले भनेको छ, ‘नेपालसँग बलियो र चिरस्थायी सम्बन्ध रहिआएकोबारे हामीलाई गर्व छ र हामी दिगो आर्थिक वृद्धि हासिल गर्ने र लोकतन्त्र तथा मानव अधिकारको सुदृढीकरण गर्ने जस्ता द्विपक्षीय, क्षेत्रीय र विश्‍वव्यापी महत्त्वका मुद्दाहरूको प्रवर्धनमा नेपाल सरकारसँगै उभिन जारी राख्‍नेछौँ।’

लोकतन्त्रप्रति नेपालको प्रतिबद्धता विश्‍वभरका मुलुकहरूका निम्ति उदाहरणीय रहेको दूतावासको नोटमा उल्लेख गरिएको छ। ‘हामी यससँग सम्बद्ध सबैको प्रशंसा गर्दछौँ । नेपालले आफ्ना लोकतान्त्रिक परम्पराहरूलाई गहिराइ प्रदान गर्न जारी राख्दै गर्दा नेपाललाई मद्दत गर्न हामी तत्पर छौँ।’ उक्त बधाई नोटमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad