ad ad

खेल


जनकपुर रोयल्सको नेपाल टी-२० लिगमा विजयी सुरुवात

जनकपुर रोयल्सको नेपाल टी-२० लिगमा विजयी सुरुवात

नेपालखबर
पुस १०, २०७९ आइतबार १७:१, काठमाडौँ

पोखरा एभेन्जर्सलाई पराजित गर्दै जनकपुर रोयल्सले नेपाल टी-२० लिगमा विजयी सुरुवात गरेको छ। 

पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। 

जनकपुरको जितमा सुदीप जोराले ४० रनको अविजित पारी खेले। ३० बलको सामना गरेका सुदीपले २ चौका र ३ छक्का हाने। ओपनर सागर पुनले ३८ रनको योगदान दिए। ३५ बलको सामना गरेका उनले ५ चौका र १ छक्का हाने। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखरा १९.४ ओभरमा १३८ रन बनाउँदा अलआउट भयो। 

पोखराका लागि ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरे। शेखले ३९ बलमा ४ चौका र २ छक्का हाने। सिद्धान्त लोहनीले २९ र प्रतिश जिसीले २८ रन थपे। अमिर हम्जाले २९ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

जनकपुरका लागि केस्रिक विलियम्स्ले ३ विकेट झारे। पवन सर्राफ, ललित राजवंशी र सर्फुद्दिन अस्रफले समान २ विकेट लिए। सोमपाल कामीले एक विकेट लिए। 

जितसँगै जनकपुर अंक तालिकाको तेस्रो स्थानमा छ। लगातार दोस्रो हार व्यहारेको पोखरा पाँचौ स्थानमा छ। 

दुई खेलमा जित निकालेको लुम्बिनी अल स्टार्स ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ। काठमाडौँ नाइट्स क्रिकेट टिम २ अंकमा दोस्रो स्थानमा छ। विराटनगर सुपर किंग्स चौथो तथा फारवेष्ट युनाइटेड तालिकाको पुछारमा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .