राजनीति


प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकहाँ आजै दाबी पेश गरिँदै

प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकहाँ आजै दाबी पेश गरिँदै

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०७९ आइतबार १६:६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी नेकपा एमाले नेतृत्वका दलहरु राष्ट्रपतिकहाँ सरकारको दाबी गर्ने भएका छन्। 

संविधानको धारा ७६ को उपाधार २ अनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीसहितका सांसदहरुको हस्ताक्षरसहित सरकारको दाबी गर्न लागिएको हो। 

आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको विभिन्न दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति गरेको थियो।

राष्ट्रपतिले दिएको सममयसीमाभित्रै दुईभन्दा बढी दलको सरकार बनाउने गरी राष्ट्रपतिको कार्यालय शीतल निवास जाने तयारी भएको छ।

प्रचण्डले अब यी पाँच दलको सहमति लिएर सरकारको दाबी गर्न शीतल निवास जानेछन्। अब प्रचण्ड कम्तीमा पनि २ वर्ष तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा रहनेछन्।

यो सहमतिको पुष्टि माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि गरेका छन्। उनले सहमति भएको जानकारी दिँदै नयाँ यात्राको सुरुवा भएको उल्लेख गरेका छन्। 

प्रचण्डले आइतवार मात्रै बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा कुरा नमिलेपछि यात्रा सकिएको भन्दै बालकोट यात्रा तय गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad