राजनीति


प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सांसदको समर्थन

प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सांसदको समर्थन

बालकोटको बार्दलीबाट अभिवादन गर्दै ओली र प्रचण्ड। तस्बिर : राजन काफ्ले


नेपालखबर
पुस १०, २०७९ आइतबार १६:२०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा दोस्रो ठूलो दल नेकपा एमालेसहित १६६ जना सांसदको समर्थन जुटेको छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको चार घण्टा लामो वार्तापछि यस्तो सहमति जुटेको हो।

एमाले महासचिव शंकर पोखरेलले उक्त सहमतिको पुष्टि गरे। 'नेकपा एमाले,  माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्तिसहितका १६६ सांसदले प्रधानमन्त्रीका लागि प्रचण्डलाई समर्थन गर्ने सहमति भएको बताए। 

उनले राष्ट्रपतिले भनेको समयमै संविधानको धारा ७६ उपाधारा २ अन्तर्गतको सरकार बन्ने बताए। 'त्यसो नहुँदा उपाधारा ३ अन्तर्गत एउटा दल विशेषको सरकार रहने थियो। जुन कुरा निर्वाचनको जनादेशविपरीत हुने थियो', उनले भने, 'उपधारा २ अन्तर्गतकै सरकार बनाउन छलफल गर्यौँ। प्रचण्डको नेतृत्वमा उपाधराअन्तर्गत २ भन्दा धेरै दलको समर्थनको सरका बनाउन दाबी प्रस्तुत गर्ने सहमति भइसकेको छ।'

उनले जम्मा १६६ सांसदको समर्थनमा आजै सरकारको दाबी पेश गर्न आफूहरु शीतल निवास जाने पनि जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad