ad ad

राजनीति


देउवा भेट्न प्रचण्ड बालुवाटारमा, माधव नेपाल कोटेश्वरमै

गठबन्धन बैठक अझै बस्न सकेन
देउवा भेट्न प्रचण्ड बालुवाटारमा, माधव नेपाल कोटेश्वरमै

फाइल तस्बिर


नेपालखबर
पुस ८, २०७९ शुक्रबार १८:२०, काठमाडौँ

राष्ट्रपतिको कार्यालयले दिएको समयसीमा पुस १० गतेभित्र सरकार बनाउनुपर्ने दबाबमा रहेका सत्ता गठबन्धनका नेताबीच छलफल तीव्र भएको छ।

मंसिर ४ को निर्वाचनपछि पहिलो कार्यकालको प्रधानमन्त्रीलाई लिएर सहमति जुट्न नसकिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।

पहिलो कार्यकाल आफू प्रधानमन्त्री हुनुपर्ने अडानमा रहेका उनी अहिले बालुवाटारमा देउवासँग छलफल गरिरहेका छन्।

तर यसअघि बिरामी भएका भनिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने कोटेश्वरमै छन्। 

उनी मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बिहीबार शपथ ग्रहणका लागि संसद आएका थिए। त्यसपछि उनी बालुवाटार पुगेर देउवा र प्रचण्डसँग छलफलमा बसेका थिए। तर आज उनी बालुवाटार नगइ आराम गरिरहेका छन्।

पहिलो कार्यकालको प्रधानमन्त्रीमा कांग्रेसको पनि दाबी छ। बुधबार दलको नेतामा निर्वाचित देउवाले आफैं प्रधानमन्त्रीमा निरन्तर हुनुपर्ने अडान राखेका छन्। 

यस्तोमा बिहीबार बसेको गठबन्धन बैठक निष्कर्षविहीन भएको थियो। त्यसपछि शुक्रबार अपरान्ह बस्ने भनिएको बैठक अझै पनि बस्न सकेको छैन।

बैठक पनि रोकिएको अवस्थामा प्रचण्ड र देउवाबीच सत्तालाई लिएर बालुवाटारमा छलफल भइरहेको छ। प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पहिलो कार्यकाल प्रधानमन्त्रीको प्रस्ताव गरिसकेका छन्। 

सरकार गठनलाई लिएर गठबन्धन दलहरु छलफलमा रहे पनि सहमति हुन सकेको छैन। शुक्रबार बिहान पनि देउवाको सन्देश बोकेर प्रकाशमान सिंह खुमलटार पुगेका थिए। 

राष्ट्रपति र सभामुखसहितका पद बाँड्ने कुरामा गठबन्धन दल सहमत छन्। तर पहिलो कार्यकालको प्रधामन्त्रीलाई लिएर कांग्रेस र माओवादीबीच मतभेद कायमै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .