नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले आज शपथग्रहण गर्दै छन्।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले उनलाई संघीय संसद सचिवालय सिंहदरबारमा शपथग्रहण गराउने कार्यक्रम रहेको छ।
उमेरसम्बन्धी प्राविधिक कारणबाट बिहीबार शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले आज मात्र शपथ गराउन लागेको हो।
बिहीबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनियताको शपथ लिएका छन्।
यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई लगायतका सांसदहरु बिहीबर शपथ लिन अनुपस्थित भएका थिए।
36
Shares
प्रतिक्रिया