राजनीति


तातोपानी नाका पूरै खुलाउने काम प्राथमिकतामा छ :  प्रचण्ड

तातोपानी नाका पूरै खुलाउने काम प्राथमिकतामा छ :  प्रचण्ड

नेपालखबर
पुस ६, २०७९ बुधबार १८:९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चीनसँगको व्यापारिक नाका तातोपानी नाका पूर्ण रुपमा खुलाउने काम प्राथमिकतामा रहेको बताएका छन्।  

सिन्धुपाल्चोक क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा नेतृत्वको टोलीले बुधबार खुमलटारमा नाका खुलाउनेबारे दिएको ज्ञापनपत्र बुझेपछि प्रचण्डले यस्तो बताएका हुन्। 

उनले २०७२ को  भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिरहेको उल्लेख गरे। 

दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सी चिन फिङसँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै उनले तातोपानी नेपालीहरुको व्यवसाय र व्यापारिक दृष्टिबाट महत्वपूर्ण रहेको स्पष्ट गरे।

चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै प्रचण्डले यसको ऐतिहासिक पक्षबारे पनि चीनलाई जानकारी गराइएको बताए। 

चिनियाँ राजदूति हाउ यान्छीसँगको बिदाइ भेटमा पनि आफूले यसबारे कुराकानी गर्दा सकारात्मक जवाफ पाएको प्रचण्डको भनाइ थियो। 

भूकम्पपछि पुनर्निर्माण भइसकेको र ड्राइपर्ट पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरो सुचारु गर्नु पर्नेमा जोड दिँदै उनले चीनका नयाँ राजदूत आएपछि कुरा गर्ने बताए। 

जुरे पहिरो, भूपम्प वा अन्य सन्दर्भमा आफूले सिन्धुपाल्चोकसँग जोडिन पाएको चर्चा गर्दै प्रचण्डले सिन्धुपाल्चोकका जनताको समस्यामा आफू अझ बढि संवदनशील रहेको र समस्या समाधान गर्ने बताए। 

‘म बेइजिङ्मा पनि कुरा गर्छु, नयाँ राजदूत आएपछि पनि कुरा गर्छु, सबै खालका रेस्ट्रिक्सन हटाइदिन पर्यो भन्छु’ उनले भने।

ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नेपाल-चीन प्रमुख व्यापारिक केन्द्र तातोपानी सहज संचालन र अरनिको राजमार्ग स्तोरन्नतिका लागि  प्रचण्डको ध्यानाकर्षण गरिएको जानकारी दिए। 

उनीसँगै ज्ञापनपत्र बुझाउन बागमती प्रदेशसभा सदस्यहरु सरल सहयात्री, अमृता  नेपाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य  संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा, नेपाल हिमालय सिमापार वाणिज्य संघका प्रतिनिधि प्रचण्ड निवास पुगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .