राजनीति


संसद विघटन कार्यान्वयन भएको भए देशले गति लिइसक्थ्यो : शंकर पोखरेल

संसद विघटन कार्यान्वयन भएको भए देशले गति लिइसक्थ्यो : शंकर पोखरेल

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०७९ मंगलबार १३:१७, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले यदि दुई वर्षअघि पुस ५ गते भएको संसद विघटन कार्यान्वयन भएको भए देशले गति लिइसक्ने बताएका छन्।

समानुपातिकतर्फ पहिलो दल भएपछि मंगलबार आयोजित बधाई कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'यदि पुस ५ गते जनतामा जाने फैसलाको कार्यान्वयन भएको भए मुलुकलाई आज विकासको गतिमा अघि बढाउन सकिन्थ्यो', उनले भने, 'अहिलेको चुनावी जनादेश एमालेले जुन छ, यसले सही बाटो समाउन सक्दैन भन्ने छ। हामीले चुनावअघि नै गठबन्धनलाई नेतृत्व लिएर जानुस् भनेका थियौ तर त्यसो भएन।'

चुनावी परिणामका कारण अहिले गठबन्धनले कसलाई प्रधानमन्त्री बनाउने भन्ने अलमलमा परेको उनले बताए। 

'अहिले गठबन्धन अलमलमा छ। प्रधानमन्त्रीमै निर्णय लिनसकेको छैन', उनले भने, 'हामीले पनि नयाँ जनादेश राम्रो प्राप्त गर्न सकेनौँ। तर चौतर्फी घेराबन्दीबीच हामी सफल भएका छौँ।' 

तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा घेराबन्दी भएको भन्दै आजकै दिन २ वर्षअघि पहिलो पटक प्रतिनिधसभा विघटन गरेका थिए। तर त्यसलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad