ad ad

खेल


काभा यू–२३ भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली ढाका प्रस्थान

काभा यू–२३ भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली ढाका प्रस्थान

नेपालखबर
पुस ५, २०७९ मंगलबार १३:२३, काठमाडौँ

बंगलादेशको ढाकामा हुने काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ। 

च्याम्पियनसिपमा सहभागी हुन १९ सदस्यीय नेपाली टोली मंगलबार ढाका गएको हो। 

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान सहभागी छन्। राउन्ड रोविन लिगको आधारमा च्याम्पियनसिप हुनेछ।

नेपालले पहिलो खेलमा बिहीबार आयोजक बंगलादेशसँग खेल्दै च्याम्पिनयसिपको सुरुवात गर्नेछ। शुक्रबार नेपालले श्रीलंकासँग तथा शनिबार किर्गिस्तानसँग खेल्नेछ। 

पुस १० गते आइतबार लिगको शीर्ष स्थान र पुछारको टोलीले तथा अर्को खेलमा तालिकाको दोस्रो र तेस्रो टोलीले स्पर्धा गर्नेछन्। फाइनल खेल ११ गते सोमबार हुनेछ। च्याम्पियनसिप ७ देखि ११ पुससम्म ढाकामा हुनेछ। 

नेपाली यू–२३ भलिबल टोली
धिरोज कुमार बस्नेत(कप्तान), रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुरौ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनीष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीम राज गुरुङ, जगदीश प्रसाद भट्ट (मुख्य प्रशिक्षक), भरत यादव (सहायक प्रशिक्षक), जितेन्द्र श्रेष्ठ (व्यवस्थापक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .