नेपाली कांग्रेसका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको भेला बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको भेला बालुवाटार बोलाएका छन्।
कांग्रेसमा संसदीय दलको नेता को बन्ने भन्ने चर्चा चलिरहेका बेला नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका देउवाले सबै संघीय सांसदलाई आफ्नो सरकारी निवासमा निम्त्याएका हुन्।
प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बधाई तथा शुभकामना आदानप्रदान गर्न प्रतिनिधिसभा सदस्यहरुलाई बोलाइएको बताएका छन्।
‘बधाई तथा शुभकामना आदाननप्रदान गर्न सांसदज्यूहरूलाइ बोलाइएको हो,’ उनले नेपालखबरसँग भने।
66
Shares
प्रतिक्रिया