ad ad

राजनीति


एमाले सरकार बनाउने दौडमा छैन, प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल

एमाले सरकार बनाउने दौडमा छैन, प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल

फाइल तस्बिर


नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार १३:४४, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। 

शुक्रबार बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

'जनमतका हिसाबले एमाले ठूलो पार्टी हो तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौँ', उनले भने, 'त्यसैले हामी सरकारमा जाँदैनौँ।'

सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पार्दै पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको बताए।

सरकार दल विशेषको नहुने जनाउँदै रुपन्देही क्षेत्र नं २ का प्रतिनिधसभा सदस्यसमेत रहेका पौडेलले एमालेको नेतृत्वमा सरकार बन्नु  र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने उल्लेख गरे। 

'जसको नेतृत्वमा सरकार बने पनि हामी रुपन्देहीको विकासलाइ रोकिन दिँदैनौँ', उनले भने, 'सुरु भएका योजना पूरा गरेर छोड्छौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .