राजनीति


गगन भन्छन् : पाँच वर्षपछि जनताले नै प्रदेश खारेजीको नारा लगाउँछन्

गगन भन्छन् : पाँच वर्षपछि जनताले नै प्रदेश खारेजीको नारा लगाउँछन्

फाइल तस्बिर


नेपालखबर
मंसिर २० , काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको ५ वर्ष नतिजा देखिने गरी काम गर्न नसके प्रदेश संरचना खारेजी माग गर्दै जनता सडकमा उत्रिने बताएका छन्। 

नेपाली कांग्रेस  विराटनगर महानगर कार्यसमितिद्वारा मंगलबार आयोजित नेता गुरुराज घिमिरेको 'बाटो बिराएको राजनीति' पुस्तक विमोचनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

प्रदेश सरकारका कामलाई लिएर अहिलेबाटै आलोचना र प्रश्न उठ्ने गरेको बताउँदै अबको पाँच वर्ष नतिजा दिने गरी काम गर्ने चुनौती रहेको उल्लेख गरेका छन्। 

'अबको पाँच वर्षपछि कि प्रदेश चाहिन्छ भन्ने अवस्थामा पुग्छ', उनले भने, 'कि त प्रदेशको काम छैन भनेर जनताले नारा लगाउँछन्।'

उनले कांग्रेस नेता घिमिरे प्रदेशसभा निर्वाचनमा पराजित भएको प्रसंग पनि झिके। 

'गुरु घिमिरेले निर्वाचन हार्ने जित्ने ठूलो कुरा होइन। तर गुरु घिमिरे कहाँ उभिन्छन् महत्वपूर्ण कुरा त्यो हो', उनले भने, 'प्रदेशसभामाले गुरु घिमिरेलाई यो पटक मिस गर्यो। विराटनगरले उहाँलाई माया गरेको छ, यहाँको माटोले बनाएको मान्छे हो।'

उनले आफूलाई गुरु घिमिरेको कार्यकर्ता भन्दा गौरव लाग्ने पनि बताए। 'मलाई गुरु पछाडिको गगन भन्दा गौरव लाग्छ। गुरु घिमिरेको कार्यकर्ता भनिँदा गौरव लाग्छ', उनले भने, 'लोकतन्त्रले गुणवान नेता खोज्छ। हामीले प्रदेशसभामा उहाँलाई गुमाएका छौँ।' 

भिडिओ

मंसिर २०, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.