राजनीति


मुद्दा खारेज गरी कार्यकर्ता रिहा गर्न सरकारलाई विप्लवको दबाब

मुद्दा खारेज गरी कार्यकर्ता रिहा गर्न सरकारलाई विप्लवको दबाब

फाइल तस्बिर


नेपालखबर
मंसिर २० , काठमाडौँ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई लगाइएको मुद्दा खारेज गरी जेलबाट रिहा गर्न सरकारलाई दबाब दिएको छ।

मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपा प्रवक्ता खडग्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले दबाब दिएका हुन्। 

मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने जिकिर गरेको छ। 

वर्तमान सरकारले कानुनी जटिलता हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिइएको प्रकाण्डले बताए।

यता, गृहमन्त्री खाँणले पनि समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिवद्ध रहेको बताएका छन् 

‘सरकार र हामीबीच भएको सहमती छिटोभन्दा छिटो यसलाई रिजल्टमा उर्तानुस् र हामीलाई रिजल्ट दिनुस्, जनतालाई रिजल्ट दिनुस् भनेर हामीले आज भनेका छौँ। सरकारले यसप्रति इमान्दार र प्रतिवद्ध छौँ भनेको छ। यसलाई पूरा गर्ने सन्दर्भमा फेरि पनि हामी लाग्छौँ', गृहमन्त्रीसँगको भेटपछि न्यूज एजेन्सी नेपालसँग सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले भने, 'लागिरहेका छौं भन्ने सरकारको जवाफ छ। वार्ता सकारात्मक छ। तर, अहिले हामीले खोजेको परिणाम हो। त्यो हेर्नुपर्छ। छिटो सरकारले यो परिणाम सार्वजनिक गरोस् भन्ने हाम्रो चाहना छ। पछिल्लो सहमती भइसकेपछि क्याबिनेटले निर्णय गरिसकेको छ।'

मंसिर २०, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.