राजनीति


नेपालीलाई स्वदेशमै रोजगारी दिएर विदेश पलायन रोक्नुपर्छ : श्रममन्त्री कुँवर

नेपालीलाई स्वदेशमै रोजगारी दिएर विदेश पलायन रोक्नुपर्छ : श्रममन्त्री कुँवर

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १३:५१, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन्। 

आइतवार नेपाल एफएम नेटवर्कको १९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताएका हुन्। 

उनले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरुको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरु खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बताए। 

मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरुमा काम गर्ने नेपाली मजदुरहरु भन्दा विदेशीहरु बढीरहेको भन्दै नेपाली श्रमीकहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताए। 

उनले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक रहेको बताए। उनले लुकेर र भिजिट भिसामा विदेशमा गइ काम गर्नेहरुका लागि कुनै समस्या परे राज्यले दिने सेवा, सुविधा नपाउने उल्लेख गरे। 

मन्त्री कुँवरले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमिकहरुको नियमन गर्न नसकेको बताए। उनले गत ३ वर्षको तथ्यांकअनुसार ४६ लाख नेपाली नागरिकहरु विदेश गएको बताए। नेपालको कुल जनसंख्यामध्ये झन्डै आधा जनसंख्या विदेशमा रोजगारीको लागि गएको भन्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा गम्भीर हुन आवश्यक रहेको बताए।

‘रोजगारी सिर्जना गर्न हामीले सकेका छैनौँ। जहाँ रोजगारी सिर्जना भएको छ, त्यहाँ नेपाली श्रमिकहरुको आकर्षण पनि छैन। मजदुरहरुको अवस्था हेर्दा विदेशी धेरै छन्। नेपालीहरु कम मात्रै देखिन्छन् नेपालका कम्पनीहरुमा काम गर्ने। हामी खाडीमा गइरहेका छौँ', उनले भने, 'हामीले मजदुरी प्राप्त गर्नुपर्ने ठाउँमा हाम्रा मजुर छैनन्। केही पैसा आउने ठाउँमा हाम्रा मजदुरहरु छैनन्। गलैंचा, इलेक्ट्रिक सामान, सुनचाँदी, होटल व्यवसाय अधिकांश क्षेत्रमा मजदुरी अर्कोले ओगटेको छ, नेपाली श्रमिकहरु छैनन्।हाम्रा श्रमीकहरुलाई हाम्रै देशमा बस्ने वातावरण कसरी सिर्जना गर्ने? यसबारेमा सोच्नुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .