कारोबार


नेपालगञ्ज र जानकीमा सिभिल बैंकको ‘गो क्यासलेस अभियान’

नेपालगञ्ज र जानकीमा सिभिल बैंकको ‘गो क्यासलेस अभियान’

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १३:५७, काठमाडौँ

सिभिल बैंकले बाह्रौँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेअनुसार नेपालगञ्ज र जानकीमा छुट्टाछुट्टै कार्यक्रमहरु आयोजना गरेको छ।

बैंकका अनुसार जानकीमा आयोजित गो क्यासलेस अभियानको उद्घाटन कार्यक्रम उक्त कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती देवी कठरीयाको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो। 

उक्त कार्यक्रममा जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष सुरेस कुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक सुरत बहादुर बोहरा, दुर्गौली बजार व्यवस्थापन समितिको अध्यक्ष अमर बहादुर बिष्ट, स्थानीय बुद्धिजीवी मोहन उपाध्याय, टिकापुर रिक्सा व्यवसायी मूल समितिका अध्यक्ष लोक बहादुर बुढा क्षेत्री, जानकी अटो सेवाको अध्यक्ष तथा अटो चालक मोहन खत्री, ई रिक्सा अटो यातायात व्यवसायी संघका अध्यक्ष रामेश्वर प्रसाद महतो, विभिन्न टेम्पु व्यवसायीहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी जानकी गाउँपालिकाका उपाध्यक्ष कठरीयाले सुदूरपश्चिम को विकासोन्मुख गाउँपालिका जानकी गाउँपालिकालाई यस अभियानको लागि छनौट गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिए। यसले यस भेगका जनतालाई डिजिटल माध्यमबाट वैंक कारोबार गर्न बैङ्किङ साक्षरता पनि प्रदान हुने बताए।

त्यसैगरी नेपालगन्जमा आयोजित गो क्यसलेस अभियानको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपालगन्जका उपनिर्देशक छविलाल घिमिरे, नेपालगंज उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बॉकेका प्रमुख  प्रहरी निरीक्षक हिमालय शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारी, टेम्पु व्यवसायीहरु र मिडियाकर्मीहरु उत्साहका साथ सहभागी थिए।

डिजिटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरुले सुविधासँगै सुरक्षा प्रदान गरेको कुरा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईले बताए।

जतिको बिल आयो त्यति रकम मात्रै डिजिटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरुको विवरणहरुको समीक्षा गरेर फजुल खर्चहरुलाई घटाई अनावश्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने र यस्तै साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिंगो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने कुरा सिभिल बैंकका चिफ बिजिनेस भोला बहादुर विष्टले बताए। 

सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगदरहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थानदेखि देशका प्रमुख सहरहरुसम्म गरी ४० हजारभन्दा बढी क्यूआर मर्चेन्टहरुलाई आबद्ध गरिसकेको बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad