ad ad

राजनीति


गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, सेनाको टोली पुग्यो

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, सेनाको टोली पुग्यो

नेपालखबर
मंसिर १८, २०७९ आइतबार ९:१४, काठमाडौँ

भक्तपुरस्थित नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकापद वस्तु फेला परेको छ। शंकास्पद वस्तु फेला परेपछि अहिले नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता डीएसपी राजु पाण्डेले नेपालखबरलाई जानकारी दिए। 

शंकास्पद वस्तु फेला परेपछि त्यहाँ वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको उनले बताए। 

‘अहिले सेनाको बम डिस्पाजल टोली आएर अनुसन्धान भइरहेको छ,’ पाण्डेले नेपालखबरसँग भने,‘काठमाडौंबाट पनि थप टोली आएर काम सुरु भएको हो।’

आइतबार बिहान बास्कोटाको घरको पर्खालमा शंकास्पद वस्तु देखिएको थियो। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।

शंकास्पद वस्तु कसले राख्यो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। बास्कोटा भने अहिले घरमा छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .