ad ad

राजनीति


प्रधानमन्त्रीलाई भेटेपछि गृहमन्त्री भेट्न पुल्चोक पुगे सिके राउत

प्रधानमन्त्रीलाई भेटेपछि गृहमन्त्री भेट्न पुल्चोक पुगे सिके राउत

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार २०:४७, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको छ। 

गृहमन्त्री खाँणले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा राउतलाई बधाई दिए।

दुई नेताबीच मुलुकमा शान्ति, सुशासन र स्थीरतामा कसरी ल्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

उनीहरुबीच आगामी दिनमा सहमति र सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे पनि कुराकानी भएको छ। 

राउतको नयाँ सोच, नयाँ विचार मुलुकको विकासमा उपयोग गर्नुपर्ने गृहमन्त्री खाँणले भेटका क्रममा बताए।

त्यसअघि राउतले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .