खोटाङमा सुरुवाती अग्रता बनाएका नेकपा एमालेका उम्मेदवार विशाल भट्टराई पछि परेका छन्।
उनलाई उछिन्दै नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई अगाडि गएका छन्।
५ सय मत गणना हुँदा राई २३६ मतका साथ पहिलो स्थानमा छन्। उनलाई भट्टराई २२४ मतका साथ पछ्याइरहेका छन्।
यसअघि पहिलो एक सय मत गणना हुँदा भट्टराई ५१ मतका साथ अगाडि थिए। उक्त गणनामा राईले ४४ मत पाएका थिए।
684
Shares

प्रतिक्रिया