नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
उनी निकटतम् प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रलाई १२९ मतले पराजित गर्दै विजयी भएका हुन्।
नेता सिंहले ७ हजार १४० मत पाएका छन्। मिश्रको ७ हजार ११ मत आएको छ। आइतबार सम्पन्न मतदानमा काठमाडौं–१ मा २७ हजार १८ मत खसेको थियो।
नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी रहेको बताए।
1.5k
Shares

प्रतिक्रिया