ad ad

राजनीति


रोल्पामा वर्षमान पुनको फराकिलो अग्रता

रोल्पामा वर्षमान पुनको फराकिलो अग्रता

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ०:१९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन फराकिलो अग्रतासहित अगाडि छन्। प्रतिनिधि सभाको २ हजार ६०० मतगणना हुँदा पुनले १ हजार ६८० मत ल्याएका छन्।

उनलाई एमालेका पूर्ण बुढामगरले ५५४ मतसहित पछ्याइरहेका छन्।

यस्तै, लिला राउत (राप्रपा) १८२, राम बहादुर वली क्षेत्री (राप्रपा नेपाल) ६, नाति भाइ हयाम्बो (मादल) ३२ मतमा समेटिएका छन्। 

प्रदेश सभा .(क) को ३ हजार ११३ मतगणना गर्दा माओवादीका जोख बहादुर महराले १ हजार ८२९ मतसहित अग्रता लिएका छन्।
उनका प्रतिस्पर्धी एमालेका कमल बहादुर बुढाथोकीले ७२१ मत ल्याएका छन्।

यसैगरी, पदम बहादुर थापा (राप्रपा) १८९ र गन्ज बहादुर शाही (राप्रपा नेपाल) ३८ मत ल्याएका छन्।

प्रदेश सभा (ख) मा २ हजार १९२ मतगणना गर्दा स्वतन्त्र दिपेन्द्र कुमार पुन ९७३ मतसहित अगाडि छन्।

यस्तै, अमर सिह पुन (काङ्ग्रेस) ५४१, प्रेम बहादुर घर्तिमगर (एमाले) ५०१,  सेते दमाई (राप्रपा) ३३ र केशर बहादुर पुन (राप्रपा नेपाल) २५ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .