झापा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा २२ सय मतले अगाडि पुगेका छन्।
१० हजार ३७५ मत गणना हुँदा उनी निकटतम् प्रतिष्पर्धी अग्नि खरेलभन्दा २२ सय ३५ मतले अगाडि गएका हुन्।
यसअघि साढे ९ हजार मतपत्र गणना हुँदा शर्माको खरेलसँगको मतान्तर १५ सयभन्दा बढी थियो।
पछिल्लो परिणामअनुसार शर्माको मत ५ हजार ३४३ र खरेलको मत ३ हजार १०८ छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ७७५ र मंगोल नेसनल अर्गनाइजेसनका सन्तोष तामाङबाहेकले तीन अंक जोड्न सकेका छैनन।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा महामन्त्री शर्मा नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए।
कार्की ३६ हजार १७३ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा शर्माले ३३ हजार ३१० मत पाएका थिए। त्यसअघि उनी २०७० को संविधानसभा निर्वाचनमा एमालेका रबिन कोइरालासँग हारेका थिए।
Shares

प्रतिक्रिया