राजनीति


काठमाडौंका सबै क्षेत्रको मतगणना आजैबाट हुने, कहाँ कहाँ हुँदैछ गणना?

काठमाडौंका सबै क्षेत्रको मतगणना आजैबाट हुने, कहाँ कहाँ हुँदैछ गणना?

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १७:२२, काठमाडौँ

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतगणना आइतबार रातिदेखि सुरू गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले १० वटै क्षेत्रको मतगणना रातिबाट सुरू गरिने जानकारी दिए।

‘मतपत्रका बाकसहरु आइसकेपछि सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना सुरू हुन्छ,’ उनले नेपालखबरसँग भने, ‘भवितव्यको हुन्छ थाहा भएन। तर, रातिबाट गणनाका लागि सबै तयारी पूरा गरिसकेका छौं।’

भट्टराईले १० वटै निर्वाचन क्षेत्रको मतगणना फरक–फरक स्थानमा हुने पनि बताए। ‘हामीले पहिलो पटक भूगोलमै कार्यालय खोलेका छौं,’ उनले भने, ‘त्यहीँबाट गणना हुन्छ। परिणाम सार्वजनिक भएपछिमात्रै ती कार्यालयहरु हट्छन्।’

भट्टराईले काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा, ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ।

काठमाडौं–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, ७ को बालाजुस्थित जुडो हलमा ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, ९ को रविभवनस्थित न्याथम कलेजमा र १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना तयारी गरिएको भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad