प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा संक्षिप्त भेटवार्ता गरेका छन्।
त्यस अवसरमा उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक अवस्था तथा भोलिदेखि प्रारम्भ हुने संघीय संसद्का दुवै सदनमा प्रस्तुत हुने विधेयकहरुबारे विचारविमर्श भएको थियो।
पूर्वप्रधानमन्त्री देउवाका साथ पार्टीका केन्द्रीय सदस्य रमेश लेखक पनि थिए।

प्रतिक्रिया