राजनीति


गुटबन्दीको रोगबाट पार्टीलाई मुक्त बनाउँः खनाल

गुटबन्दीको रोगबाट पार्टीलाई मुक्त बनाउँः खनाल

नेपालखबर
पुस ३, २०७६ बिहिबार १४:२०,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई गुटबन्दीले गाँजेको भन्दै यो रोगबाट पुर्ण मुक्त गर्नुपर्ने बताएका छन्।

जारी स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदन उपर आफ्ना धारणा राख्दै बरिष्ठ नेता खनालले नेपालमा ०६२-६३ को जनक्रान्ति मार्फत पुँजीवाादी जनवादी क्रान्ति पुरा भएको र अव समाजवादी क्रान्ति र निर्माणको नयाँ युग शुरु भएको बताए।

उनले नेपाली समाजको प्रधान अन्तरबिरोधहरु नयाँ शिराबाट निक्र्योल गर्नु पर्ने पार्टीका कार्यदिशा र नीतिहरुलाई तद्नुरुप परिस्कृत गर्नु पर्ने, तिनै तहको सरकारको समग्र समिक्षा गर्नु पर्ने, सबै कुरामा पार्टीले सरकारलाई नेतृत्व गर्नु पर्ने धारणा राखे।

यस्तै उनले पार्टीलाई विधि र पद्धति अनुरुप चलााउनु पर्ने, विधानलाई सबैले पालना गर्नु पर्ने, उप–चुनावका परिणामहरुबाट राम्ररी शिक्षा ग्रहण गर्नु पर्ने, पार्टीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, संचार, यातायात लगायतका सबै क्षेत्रमा नयाँ नीतिहरु अघि सार्नु पर्ने, पार्टीलाई बैचारीक रुपले रुपान्तरण गर्नु पर्ने र पार्टीलाई बहुआयामिक रुपले निर्माण गर्ने प्रकृयालाई तिब्र पार्नु पर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad