राजनीति


मृत्युदण्डअघि मुसर्रफकाे मृत्यु भए उनकाे शवलाई चाेकसम्म घिसारेर ३ दिन झुन्ड्याउन आदेश

मृत्युदण्डअघि मुसर्रफकाे मृत्यु भए उनकाे शवलाई चाेकसम्म घिसारेर ३ दिन झुन्ड्याउन आदेश

नेपालखबर
पुस ३, २०७६ बिहिबार १५:१०,

पाकिस्तानको अदालतले पूर्वसैनिक शासक परवेज मुसर्रफलाई मृत्युदण्ड कार्यान्वयन हुनुअघि उनको मृत्यु भएमा उनको शवलाई घिसार्दै संसदबाहिर ल्याएर तीन दिनसम्म झुन्ड्याउन आदेश दिएको छ।

मंगलबार उनलाई गम्भीर देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाएको पाकिस्ताको विशेष अदालतले बिहीबार त्यसको पूर्ण पाठ जारी गर्दै सो आदेश दिएको अन्तर्राष्ट्रिय समाचारहरूले जनाएक छन्।

अदालतले फैसला कार्यान्वयन गर्नुअघि नै मुसर्रफको मृत्यु भएमा उनको शवलाई संसदसम्म घिसार्दै ल्याएर तीनदिनसम्म झुण्डाउन आदेश दिएको हो।

मुसर्रफका वकिलले त्यसविरुद्ध पुनरावेदनमा जाने बताएका छन्।

उनी विरुद्धको देशद्रोहको मुद्धा २०१३ देखि विचाराधिन अवस्थामा थियो। उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो। उनलाई संविधानको उलङ्घन गरेको र जवरजस्ती सङ्कटकाल लागू गरेको आरोप लगाइएको छ।

सन् १९९९ मा रक्तहिन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए। त्यसपछि मुशर्रफले सन् २००८ मा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए।

अदालतले प्रशासनलाई हाल दुवईमा उपचार गराइरहेका मुसर्रफलाई देशमा ल्याई सो फैसला कार्यान्वयन गर्न आदेश दिएको हाे। ‘तर यदि त्यसअघि नै उनको मृत्यु भएको पाइएमा उनको शवलाई इस्लामावादको डी–चोकसम्म घिसार्दै ल्याउनु र झुण्ड्याउनु’ भनी आदेश दिएको रोयटर्सले जनाएको छ। सो चोक संसद भवनको बाहिरपट्टि रहेको छ ।

कानुनविद् हरुले भने त्यो आदेश सांकेतिक भए पनि असंवैधानिक बताएका छन्।

दुबईमा रहेका ७६ वर्षीय मुसर्रफले सो फैसललाई राजनीतिक बदलाको रुपमा आएको बताएका छन्।

मंगलबारको फैसलापछि पाकिस्तानको सेनाले भने त्यसको विरोध गर्दै मुसर्रफ जस्तो देशभक्तमाथि त्यस्तो फैसला आउनु गलत भएको बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad