निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको छ। मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो।
संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न यसअघि जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो।
हाल डिल्लीबजार कारागारमा थुनामा रहेका महराले साधारण तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए।
जिल्ला अदालत काठमाडौंले दिएको आदेश उच्चले सदर गरेपछि महरा थुनामै रहने भएका छन्। महरासँग अब यही प्रकृतिको निवेदन लिएर सर्वोच्च अदालत जाने विकल्प भने छ।

प्रतिक्रिया