राजनीति


नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फोट, विप्लवका दुई कार्यकर्ता घाइते

एकको अवस्था गम्भिर, भेरी अस्पतालमा उपचार हुँदै
नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फोट, विप्लवका दुई कार्यकर्ता घाइते

नेपालखबर
मंसिर १, २०७९ बिहिबार ६:५८, काठमाडौँ

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरमा बम विष्फोट भएको छ। बुधबार राती करिब साढे आठ बजेतिर मल्लको घरमा विद्यार्थीले भाडामा लिएको कोठामा बम विस्फोट भएको हो। 

नेत्र बिक्रम चन्द नेतृत्वको विप्लव समूहका कार्यकर्ताले बम बनाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

मल्लको घरमा भाडामा बस्दै आएका डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको प्रहरीले जनाएको छ। उनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष पनि हुन्। 

उनकाअनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि हतपत भाग्न खोज्दा प्रेसर कुकर बम विष्फोट भएको थियो। सो क्रममा क्षेत्री र धर्म बडुवाल घाइते भएका छन्। बडुवालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घटना बारेमा अनुसन्धान भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad