राजनीति


मतदाताले तपाईं प्रधानमन्त्री हुनुपर्‍याे भनेका छन् : प्रकाशमान सिंह

मतदाताले तपाईं प्रधानमन्त्री हुनुपर्‍याे भनेका छन् : प्रकाशमान सिंह

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १०:१७, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताएका छन्। नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताए।

बुधवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा उनले सो कुरा बताएका हुन्। ‘चौथो पटकको चुनाव भिड्न लागिरहेको बेलामा मलाई जनताले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ  मलाई के भन्नुभएको छ भने हामीले चुनेर पठाएर तपाई उप–प्रधानमन्त्रीसम्म बन्नुभयो,’ नेता सिंहले भने, ‘हामी फेरि पनि चुन्छौं, तपाई प्रधानमन्त्री हुनुपर्‍यो भनिरहेका छन्। अधिकांशले भनेका छन्।’ 

उनले विगतका चुनावमा भन्दा यस पटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै आफूले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरु उल्लेख्य गरेको बताए। ‘यो निर्वाचन क्षेत्रको विकास निर्माणको काम गर्ने हो भने समुदायलाई हुने, टोललाई हुने सबै कामहरुमा हामीले बाटोदेखि, गल्लीहरु ढुंगाले छापेका छौँ,मेन रोड पिच भइसकेका छन्, ५ वर्षअघि बाटोहरु खराब थिए।’ प्रकाशमानले भनेका छन्।

गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाको विकास गर्न पनि मतदाताले माग गरेको बताए। उनले आसन्न निर्वाचनमा जित हाँसिल गरेपनि आफ्नो पहिलो काम खानेपानीको समस्या समाधान गर्ने र सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा समानता ल्याउने रहेको बताए।

शिक्षामा समानताका लागि संघीय शिक्षा ऐन बनाउँदा जोड दिनेपनि बताए।

‘यसअघि घरदैलोमा जाँदा किन भोट दिने भनेर गाली गर्थे। तर यसपटक सबैले समर्थन गरेका छन्,’ सिंहले भने, ‘खानेपानी कहिले भनिरहेका छन्। स्वास्थ्य, शिक्षाको सेवा राम्रो हुनुपर्छ भन्ने छ। शिक्षाको गुणस्तरमा समानता ल्याउन हामी हेर्नेछौं। सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा फरक भएकाले अब समान बनाउने काम हामी गर्नेछौँ।’

नेता सिंह काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad