नेकपा एमालेका नेता महेश बस्नेतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसमा ७ रेक्टरको भूकम्प जाने दाबी गरेका छन्। सोमबार सूर्यविनायकमा अयाोजित चुनावी सभामा बोल्दै नेता बस्नेतले कांग्रेसका असंख्य नेता तथा कार्यकर्ताहरू एमालेको समर्थनमा रहेको पनि बताए।
भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका बस्नेतले देशभर कांग्रेस छोडेर तथा निर्वाचनमा पराजय पश्चात देशभरबाट कांग्रेसलाई जनमतको माध्यमबाट जनताले लखेट्ने अवस्थामा पुगेको दाबी गरेका हुन्।
भक्तपुरका जनताको लागि एमालेको विकल्प कांग्रेस हुनै नसक्ने उनले उल्लेख गरे।
‘आगामी निर्वाचन पछि कांग्रेसले ठूलो पराजय व्यहोर्नेछ। जनताबाट तिरस्कृत हुनेछ । गठबन्धनको बैशाखी अन्त्य हुनेछ। लाखौं नेता तथा कार्यकर्ता एमालेको बलियो घरभित्र आउनेछन्,’ बस्नेतले भने, ‘निर्वाचन पछि कांग्रेसमा ७ रेक्टरको भुकम्प जानेछ। त्यो राजनीतिक भुकम्पलाई एमालेले थाम्ने छ। त्यसपछि देशमा स्थिर सरकार बन्नेछ। विकास निर्माणका कार्यहरु सुचारु हुनेछन्,’
Shares

प्रतिक्रिया