ad ad

प्रविधि


१० हजार कर्मचारी कटौती गर्दै अमेजन

१० हजार कर्मचारी कटौती गर्दै अमेजन

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार ८:११, काठमाडौँ

अमेरिकी ई–कमर्स जायन्ट अमेजन डटकमले करिब १० हजार कर्मचारी कटौती गर्ने भएको छ।

पछिल्लो समय कम्पनीको व्यापार नोक्सानीमा गएको भन्दै कम्पनीले अहिलेसम्मकै सबैभन्दा धेरै कर्मचारी कटौतीको निर्णय गरेको हो। यस वर्ष कम्पनी घाटामा जान सक्ने विभिन्न अनुमानले देखाएका छन्। 

कर्मचारी कटौतीको निर्णय यसै सातादेखि कार्यान्वयनमा आउन सक्छ। यो निर्णयले आगामी दिनमा अमेजनको  डिभाइस ग्रुप प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जसको कारण इको स्मार्ट स्पिकर्स र एलेक्सा डिजिटल एसिस्टेन्ट समस्यामा पर्न सक्ने कम्पनीको निर्णयसँग जानकार रहेको स्रोतले बताएको छ।

अमेजम आर्थिक समस्याको कारण ठूलो संख्यामा कर्मचारी कटौती गर्ने पछिल्लो कम्पनी हो। गत साता फेसबुकको मातृकम्पनी मेटाले पनि ११ हजारभन्दा धेरै कर्मचारी कटौती हुन सक्ने बताएको थियो।

त्यस्तै इलोन मस्कले खरिद गरेको ट्वीटर, माइक्रोसफ्ट र स्न्याप कम्पनीले पनि ठूलो संख्यामा कर्मचारी कटौतीको निर्णय गरेका छन्। 

अमेजनमा लामो समयदेखि काम गर्दै आएका कर्मचारीका अनुसार पछिल्लो समय ई–कमर्स कम्पनीको लागि खर्चमा कटौती गर्नु मुख्य चुनौती बन्दै आएको छ।

गत सेप्टेम्बरको अन्तिमसम्ममा अमेजनमा काम गर्ने कर्मचारीको संख्या १५ लाख ४० हजार थियो। जसमध्ये अधिकांश कर्मचारी प्याक गर्ने र सामग्री आपूर्ति गर्ने काम गर्छन्। जसले पारिश्रमिक प्रतिघण्टाको हिसाबमा पाउने गरेका छन्। 

अमेजनका धेरैजसो कर्मचारी सेटलस्थित मुख्यालयका साथै वासिङटन, सन्फ्रान्सिस्को बे एरिया, लस एन्जल्स, औस्टिन, टेक्सास र बोस्टन कार्यालयमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .