राजनीति


चुनाव जितेपछि वैकल्पिक श्रोत खोजेर काठमाडौंमा खानेपानी संकट टार्छु : प्रकाशमान सिंह

चुनाव जितेपछि वैकल्पिक श्रोत खोजेर काठमाडौंमा खानेपानी संकट टार्छु : प्रकाशमान सिंह

फाइल फोटो


नेपालखबर
कात्तिक २८, २०७९ सोमबार २१:६, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा वैकल्पिक श्रोत पहिचान गरी खानेपानीको समस्या समाधान गर्ने बताएका छन्। 

सोमवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गरेका हुन्। 

नेताा सिंहले काठमाडौंवासीलाई आसन्न निर्वाचनमा काठमाडौं जिल्लाबाट विजयी हुने उम्मेदवारहरुले पानीको वैकल्पिक श्रोतको पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताए। 

उनले काठमाडौंमा पानीको समस्या समाधान गर्न सत्ता गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने भन्दै आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका छन्। 

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा विकास गर्नका लागि पर्याप्त ठाउँ र कामहरु रहेकाले सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई विजय गराउनुपर्ने बताए। 

उनले गठबन्धनले जितेको खण्डमा मात्रै निर्वाचन क्षेत्रका समस्या समाधान हुनेपनि बताएका छन्। 

‘२ नम्बर क्षेत्रको विकास निर्माणमा तिब्रता ल्याउन साथ दिनसक्ने, तपाईको माझमा बस्न, भिज्न, बोलाएको समयमा आउने माननिय चाहिएको भए ओनसरी घर्तीलाई जिताउनुस् । यो निर्वाचन क्षेत्र विकास गर्न प्रशस्त ठाउँ छ', उनले भने, 'साँखु शहरको सभ्यता, संस्कृतिलाई जगेर्ना गर्नुपर्छ । राम्रो उम्मेदवार गठबन्धनले प्रश्तुत गरेको छ, सोचेको भन्दा बढी काम गर्नुहुन्छ। यो क्षेत्रमा पनि शुद्ध खानेपानीको समस्या छ। पानीको लागि हामीले अब काठमाडौंमा जित्नेहरुले वैकल्पिक पानीको श्रोत पहिचान गरी पूरापुर सदुपयोग गर्न काम गर्नुपर्छ । प्रविधि प्रयोग गरी पानी संकलन गरेर काठमाडौंभर पानी दिनसक्ने क्षमता बनाउन वैकल्पिक पानीको केन्द्रहरु अघि बढाउँछौँ।’ 

नेता सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को पुरानो साँखु शहरको सभ्यता र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए। नेता सिंह सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad