राजनीति


‘सत्ता गठबन्धनले बहुमत ल्याउँछ, कांग्रेसकै नेतृत्वमा सरकार बन्छ’

‘सत्ता गठबन्धनले बहुमत ल्याउँछ, कांग्रेसकै नेतृत्वमा सरकार बन्छ’

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १६:५, काठमाडौँ

नेपाली कांग्रेसले मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनले फराकिलो अन्तरसहित बहुमत ल्याउने बताएका छन्। 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दावी गरेका छन्। 

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। 

प्रवक्ता महतले निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहोर्‍याए।

‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले हामी विजयी हुनेछ', उनले भने, 'त्यसपछि यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ। हाम्रो प्रचार अभियान देशभर जारी छ।’

मुलुकलाई स्थिरतासहित समृद्धिको दिशामा अघि बढाउन सत्तारुढ गठबन्धनको विकल्प नभएको उनले बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .