ad ad

राजनीति


प्रचण्डप्रति ओलीको कटाक्ष : राम-लक्ष्मणसँग दुस्मनी गर्नेहरु सकिए, चितवन छाडेर हिँडे

प्रचण्डप्रति ओलीको कटाक्ष : राम-लक्ष्मणसँग दुस्मनी गर्नेहरु सकिए, चितवन छाडेर हिँडे

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १५:५६, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भगवमान राम, सीता र लक्ष्मणसँग दुस्मनी गर्न खोज्नेहरु सकिएको बताएका छन्। 

चितवनको भरतपुरमा सोमबार आयोजित एमालेको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यसो भनेका हुन्। 

उनको यो अभिव्यक्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर लक्षित थियो। प्रचण्ड अहिले चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा छन्। प्रचण्डको यही निर्णयलाई लिएर ओलीले उनी भागेर गोरखा गएका बताएका हुन्।

‘मैले भगवान राम-लक्ष्मण जन्मिएको, बसेको, खेलेको र राज्य चलाएको ठाउँमा राम जन्मभूमि ल्याउँदा एकजना यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठाए, लखेट्ने भयो भने’, ओलीले प्रचण्डतिर कटाक्ष गर्दै भने, ‘मलाई थाहा थियो, एमालेसँग दुस्मनी गर्नेहरु सकिन्छन्, राम, सीता र लक्ष्मणसँग दुस्मनी गर्ने पनि सिद्धिन्छन्।’

ओलीले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा चितवनको माडी नगरपालिकास्थित ठोरीलाई भगवान राम–लक्ष्मणको जन्मथलो भन्दै मूर्ति खडा गरएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .