ad ad

राजनीति


गठबन्धन सत्तामा पुग्न होइन, देशमा समृद्धि ल्याउन : जीवनराम श्रेष्ठ

गठबन्धन सत्तामा पुग्न होइन, देशमा समृद्धि ल्याउन : जीवनराम श्रेष्ठ

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १५:४६, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकांक्षालाई वाम–लोकतान्त्रिक गठबन्धनले पूरा गर्ने बताएका छन्। 

काठमाडौँ क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार  उनले कलंकीमा गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सत्ता स्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकताले वाम–लोकतान्त्रिक गठबन्धन बनेको दाबी गरे। 

उनले यही गठबन्धनले समृद्धिको जनआकांक्षा पूरा गर्ने पनि बताएका छन्। 

प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच गठबन्धन कायम रहने बताउँदै उनले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गरे।

सत्ता गठबन्धनले निर्वाचनमा अत्यधिक बहुमत ल्याउने दाबी गर्दै उनले राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई समाप्त गर्न खोजेको बताउँदै उनले देशलाई प्रतिगमनबाट बचाउन निर्वाचनमा गठबन्धन एक ढिक्क भएको उल्लेख गरे। 

काठमाडौं-८ मा आफूले सुरू गरेका कयौं परियोजना निरन्तरताका लागि उम्मेदवार बनेको उनले बताए।

मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताए।

सम्पदाक्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउन स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गरिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .