ad ad

राजनीति


कर्णालीका तीन जिल्लामा ओलीको सम्बोधन : म्यादी गठबन्धनको आयु सकियो, अब एमालेको सरकार

कर्णालीका तीन जिल्लामा ओलीको सम्बोधन : म्यादी गठबन्धनको आयु सकियो,  अब एमालेको सरकार

दिनेश बुढा
कात्तिक २७, २०७९ आइतबार १८:४९, सुर्खेत

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले आइतबार एकै दिन कर्णाली प्रदेशका तीन जिल्लामा सम्बोधन गरेका छन्। 

एमालेले कालीकोटको रास्कोट नगरपालिका, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको जम्बुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा गरेको बृहत् चुनावी जनसभालाई उनले सम्बोधन गरेका हुन्। 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देश दौडाहमा रहेका ओलीले शनिबार सूदुरपश्चिम प्रदेशको डोटी र कैलालीको चुनावी सभालाई सम्बोधन गरेर आइतबार एकै दिन तीन जिल्ला पुगेका हुन्। 

कालिकोटको रास्कोटका करिब ४० मिनेट, दैलेखको जम्बुकाँधको सभामा करिब २८ मिनेट र वीरेन्द्रनगरमा भएको कार्यक्रममा करिब ४० मिनेट सम्बोधन गरेका ओलीले पाँच दलीय गठबन्धनका नेताहरूलाई आरोप मात्रै लगाएका छन्। 

ओलीले एमालेले के काम गर्‍यो भन्नेहरूका लागि आफू अभिएका ठाउँ वरिपरि हेरेपछि थाहा पाउने बताए। 

यस्तै, ओलीले कठपुतलीबाट बनेको सरकारलाई तत्काल रोक्नु पर्ने, नक्कली र म्याद सकिएको औषधि जस्तो भइसकेकाले अब म्याद सकिएको बताए। उनले म्यादी प्रहरीलाई देखाउँदै भने, ‘म्यादी प्रहरीहरुको म्याद मंसिर ४ गतेपछि पनि केही समय रहन्छ। तर, यो सरकारको म्याद सकिन एक हप्ता पनि लाग्दैन।’

कालिकोटको रास्कोटमा सम्बोधन गर्दै उनले मान्छेलाई उचालेर सहिद बनाउने तर सहिद परिवारलाई नहेर्ने प्रचण्ड ‘घाती’ मान्छे भएको आरोप लगाए। उनले द्वन्द्वमा मान्छेलाई जबरजस्ती सहिद, घाइते बनाउने, बेपत्ता पार्ने तर उनीहरुका परिवारलाई व्यवस्थापन नगर्ने प्रचण्ड धोकेबाज भएको आरोप लगाए। 

‘सिद्धिन लागेको बेला साथ दिएँ, माओवादी बचाउन औंला समाउन दियौँ। प्रचण्डलाई सहअध्यक्ष बनाएको थिएँ। विशाल पार्टीको नेता पनि बनाएँ’, उनले भने, ‘प्रगतिशील वामशक्ति बनाएर देश बनाउन लागेका थियौँ। सबै ठाउँमा आफू अल्पमत पर्ने गरी विश्वासले प्रचण्डलाई स्थान दिएँ। तर, अरुको इसारामा चल्नेहरुले घात गरे, धोका दिए।’

ओलीले प्रचण्डले आफ्ना आसेपासेलाई मन्त्री बनाउँछु भन्दै हिँडेको आरोप लगाए। उनले कालिकोट दुर्गम जिल्ला भएको भन्दै यहाँको विकटतालाई सुगममा परिणत गर्न एमालेले चुनाव जित्नुपर्ने बताए। 

‘फुटेका हाँडीका टुक्रा जस्ता पार्टी जोडेर विदेशीको कठपुतली र घुँडाटेकुवा सरकार बन्नबाट रोक्नुपर्छ’, उनले भने, ‘देशको राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न एमालेलाई मतदात गरी विजयी बनाउनुस्।’

उनले कालीकोटमा रहेका विभिन्न काम नगेर्न देखिएका डाँडाहरु आम्दनीका स्रोत हुन् सक्ने उल्लेख गरे। साथै उनले कच्ची बाटाघाटा पक्की गर्ने, आफ्नो गाउँ आफ्नै बनाउँ भन्ने नाराका साथ एमाले अगाडि बढिरहको दाबी गरे। 

यस्तै, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा भएको चुनावी जनसभालाई कबिर २८ मिनेट सम्बाधोन गर्दे ओलीले एमालेले गरेका काम देखेर विरोधीहरु डराएको बताए। 

विशेष गरेर नेकपा एमालेको सरकारले दुर्गम महिला तथा गर्भवतीहरुका लागि ल्याएको राष्ट्रपति उद्धार जस्ता कार्यक्रमबाट विरोधीहरू डराएको औलाएँ। 

उनले भने, ‘कर्णाली प्रदेशका दुर्गम जिल्ला कालीकोट, दैलेख लगायतका जनतालाई राहत दिनकम लागि महिला प्रजनन स्वास्थ्यमा समस्या समाधानका लागि हेलिकोप्टरबाट उद्धार गर्ने काम गर्‍यौँ। यी सबै कुरा देखेर विरोधीहरु डराएका छन्।’

यस्तै, ओलीले एमालेले के काम गर्‍यो भनेर भन्नका लागि कुनै तुक नगरेको स्पष्ट पारे। उनले एमालेले के काम गर्‍यो भन्नेहरुका लागि गठबन्धनका दलका नेताहरुले आफु उभिएको ठाउँमा हेरेपछि आफैँ पुग्ने दाबी गरे। 

‘शेरबहादुर देउवाले के काम गर्नुभयो, केही गर्नु भएको छैन्। एमालेलाई के काम गर्‍यो भन्नेहरुका लागि आँफैसँग हेर पुग्छ। एमालेले लोकप्रिय कामहरु गरेको छ,’ उनले थपे, ‘शेरबहादुर देउवा गृह मन्त्री हुँदा एमालेका २० हजार नेता कार्यकर्ता पक्राउ गराउनुभयो। १२२ जनालाई गोली हानेर हत्या गर्नुभयो। यस्तै काम गरेको छ, कांग्रेस पार्टीले।’

यस्तै, एमाले देश र जतालाई सेवा दिन बनेको बताउँदै उनले अरु जस्तो जनताका नाममा लुटपाट गर्ने नभएको स्पष्ट पारे।  

‘एमाले हरेक नेपालीलाई सुखी बनाउँन चाहन्छ। विकास गर्ने, चाहान्छ। प्राविधिका साथ अगाडी बढ्छ। उभिँएकै ठाउँमा एमालेले १० वटा काम खरर.. भन्न सक्छन्।,’ उनले भने।

एमालेले उनले दैलेखको पेटोलियम पदार्थ उत्खनन गर्ने काम नै एमाले सरकारले नै गरेको ठोकुवा गरे। 

यस्तै, उनले कालीकोटपछि दैलेख हुँदै सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। वीरेन्द्रनगरमा करिब ४० मिनेट सम्बोधनका क्रममा ओलीले गठबन्धन दलहरुले छुट्टा–छुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याएको बताए। 

देशको भाग्य, भविष्य फैसला गर्ने चुनाव भएकाले अल्मलिन नहुने ओलीले बताए। उनले भने, ‘यो चुनाव विशेष अर्थ राख्ने महासंग्राम हो भनेर बुझ्नुपर्छ, गठबन्धन बनेर देशी विदेशी शक्तिहरु एमालेविरुद्ध लागिरहेका छन्, त्यसविरुद्ध जनता जाग्न जरुरी छ।’

ओलीले स्वार्थीहरुको साँटगाँठ सरकार बनाउने की सुदृढ सरकार बनाउने? भन्दै प्रश्न गरे। ‘गठबन्धनको घोषणापत्र आ–आफ्नै छ। यदि जितेमा कसको घोषणा पत्र लागु गरेर सकार चलाउँछन्,’ ओलीले भने, ‘त्यसैले एमालेको एउटै अभियानमा साथ दिनुस्। जोडजाड गरेका स्वार्थीहरुको सरकार होइन् सुदृढ राष्ट्रिय शक्ति चाहिएको छ, त्यो एमालेले गर्छ।’  

ओलीले यो देशमा जति काम भएको छ, त्यो सबै एमालेले गरेको दाबी गरे। ‘गाउँगाउँमा सडकदेखि जेष्ठ नागरिक भत्ता एमालेले सुरु गरेको हो। अहिले दिनको १३३ रुपैयाँ दिने पनि एमाले नै हो’, उनले भने। 

ओलीले देउवालाई प्रतिपक्ष दलको नेता को बन्ने सल्लाह गरिराख्न सुझाव दिए। ‘अब एमालेले बहुमत ल्याएर सरकार बनाउँछ’, उनले भने, ‘अब प्रतिपक्षी दलको नेता को बन्ने सल्लाह गरिाख्नु।’

सम्बोधनका क्रममा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई राजनीतिक विचौलियाको संज्ञा दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .