राजनीति


ईश्वर पोखरेललाई भोट माग्न घरदैलो गर्दै करिश्मा मानन्धर

ईश्वर पोखरेललाई भोट माग्न घरदैलो गर्दै करिश्मा मानन्धर

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १३:५३, काठमाडौँ

चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भोट माग्दै घरदैलोमा निस्किएकी छन्। 

उनीसँगै चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी पनि घरदैलोमा सहभागी भएका छन्।

करिश्मा र आकाशले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पोखरेलको चुनावी अभियानमा साथ दिएका हुन्। 

उनीहरु आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ३ बसुन्धारामा पोखरेलको घरदैलोमा सहभागी भएका थिए।

आफू पनि काठमाडौं क्षेत्र नम्बर ५ को स्थायी बासिन्दा भएको बताउँदै अभिनेत्री मानन्धरले पोखरेलले यस क्षेत्रको विकासका लागि धेरै काम गरेको बताइन्। 

उनले पोखरेल जनतामाझ भिजेको बताइन्। काठमाडौं क्षेत्र नम्बर ५ मा पोखरेलको विकल्प नभएको उनको तर्क छ।

देश विकासको लक्ष्य लिएर अगाडि बढेको एक मात्रै पार्टी एमाले रहेको उनले बताइन्। एमालेले जिते मात्रै देशले काँचुली फेर्न सम्भव रहेको उनको भनाइ थियो। 

‘नेपाली जनताले विकास के हो भन्ने कुरा राम्रो अनुभूति गर्न नपाएको बेलामा केपी शर्मा ओलीको सरकारबाट सम्भव भयो', उनले भनिन्, 'ओली सरकारले जनतामा विकासको अनुभूति गराउन सफल भयो। त्यसैले यो पटकको भोट एमालेलाई!’

काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधिसभामा पोखरेल तथा प्रदेशसभा ५ (१) मा नारायण सिलवाल र ५ (२) मा दीपक निरौला उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad