ad ad

राजनीति


प्रहरीलाई थपलियाको निर्देशन– मतपेटिकमा कसैले छड्के आँखा लगाए ठाउँको ठाउँ कारबाही गर्नू

प्रहरीलाई थपलियाको निर्देशन– मतपेटिकमा कसैले छड्के आँखा लगाए ठाउँको ठाउँ कारबाही गर्नू

भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयका अधिकृत र तालिममा रहेका प्रहरीलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया।


नेपालखबर
कात्तिक २६, २०७९ शनिबार २१:२५, काठमाडौँ

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कसैले मतपेटिकामा छड्के आँखा लगाए ठाउँको ठाउँ कारबाही गर्न निर्देशन दिएका छन्। 

चितवनको भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयका अधिकृत र तालिममा रहेका प्रहरीलाई सम्बोधन गर्दै थपलियाले कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न आग्रह गरे। 

‘मतदान केन्द्रमा सही मतदाता आएका छन् या अवरोध गर्ने तत्वहरू आएका छन्, त्यसको सूक्ष्म विश्लेषण गर्नुस्। केन्द्रभन्दा बाहिरको वातावरण र सुरक्षाबारे फैलन सक्ने भ्रम चिरेर ढुक्कले मतदानमा सहभागी हुन सकिन्छ भन्ने सन्देश आम मतदातालाई सुरक्षाको प्रत्याभूति गराउनुस्,’ प्रमुख आयुक्त थपलियाले निर्देशन दिँदै भने, ‘मतपत्र र मतपेटिकामा कसैले छड्के आँखा ९कुदृष्टि० लगाएमा, सम्झनुस्, त्यो तपार्ईँका विरुद्धको कुदृष्टि हो, त्यसलाई ठाउँको ठाउँ कारबाही गर्नुस्’

‘सत्य सेवा सुरक्षणम्’को संकल्पसहित प्रहरीले स्थलमा खटिएर सुरक्षित मतदान कार्यमा सघाउँदै आएको बताउँदै मंसिर ४ गते हुने निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउन चनाखो भएर काम गर्न निर्देशन दिए।

कुनै दल र उम्मेदवारले मतदातालाई प्रभावित पार्न नगद वा जिन्सी सामान दिएको पाइएमा ठाउँको ठाउँ कारबाही गर्न नेपाल प्रहरीलाई अधिकार सुम्पिइएको स्पष्ट गर्दै उनले मतदाता, मतपेटिका र मतगणना कार्यको सुरक्षा गरेर निर्वाचनको निष्ठा जोगाउने कार्यमा सघाउन उनले आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .