पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले आगामी पाँच वर्ष भित्र आफ्नो निर्वाचन क्षेत्रलाई कच्ची सडकमुक्त बनाउने बताएका छन्।
शुक्रबार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ स्थित सोलखपुर र कोनिया टोलमा घरदैलोका क्रममा मतदातासँग कुराकानी गर्दै यादवले आगामी पाँच वर्षमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा कच्ची सडकलाई विस्थापित गर्दै पक्की नालासहितको बनाउने बताएका हुन्।
आफ्नो पाँच वर्षको कार्यक्रलामा रणनैतिक सडक, संसदीय विकास कोष र विभिन्न मन्त्रालय मार्फत योजना ल्याएर क्षेत्रका अधिकतम सडकलाई पक्की बनाएको दावी उनले गरे।
‘वीरगञ्जलाई पूर्ण रुपले कच्ची सडक मूक्त बनाउने मेरो सपना अनुसार पाँच वर्षभित्र यहाँका लगभग सडकलाई पक्की बनाउने काम गरेको छु', उनले भने, 'बाँकी सडकहरुलाई पनि आगामी पाँच वर्षभित्रमा पक्की बनाउने म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’
सडक सञ्जालको विकासले ग्रामिण क्षेत्रका कृषिकको उत्पादन सहजै बजारसम्म पुग्ने, शिक्षा र रोजगारका लागि दैनिक रुपमा गाउँबाट सहर आउनेहरुलाई सहजता हुने भएकोले कच्ची सडकलाई प्राथमिकताका साथ पक्की बनाउन आफू लाग्ने यादवले बताए।
Shares

प्रतिक्रिया